ओली र लेखकलाई पक्राउ गर्न जेनजीको दबाब
काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेनजी अभियानकर्ताले सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन् । जेनजी अभियान्ता सुदन गुरुङले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका थिए । उनले हत्यारालाई तत्काल पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन् । उनीपछि अहिले सामाजिक सञ्जालमा दुई नेतालाई पक्राउ गर्नुपर्ने भन्दै दबाब बढाइएको छ । यसअघि यी दुवै नेतालाई विदेश जान रोक लगाइएको थियो ।