जेनजी आन्दोलनका मृतकका परिवारलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने

काठमाडौं । काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी समूहले रोजगारी दिने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भए पनि कम्पनीले देश र जनताप्रति आफ्नो जिम्मेवारी कायम राख्ने प्रतिबद्धता समेत जनाएको छ। सहिदहरूप्रति चौधरी समूहले श्रद्धाञ्जलि अर्पण गरेको छ।

चौधरीले भनेका छन्, ‘जेनजी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं। यो हाम्रो वाचा मात्र होइन, हाम्रो कर्तव्य र श्रद्धा पनि हो। चौधरी ग्रुपका अनुसार कम्पनी अहिले सहिद परिवारहरूसँग सम्पर्क गरिरहेको छ। यद्यपि, इच्छुक परिवारजनले कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालसँग मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *