सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई तत्काल कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले निजी तथा सरकारी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रहरीले पक्राउ परेहरूलाई छाड्न र कारबाही नगर्न भन्दै जारी भएको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । आज बसेको कांग्रेस बैठकमा बोल्ने क्रम जारी रहेकाले भोलि (शुक्रबार) दिउँसो १ बजेका लागि पुनः बैठक डाकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *