ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति असोज २५ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकले अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा ५.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७९।८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८।७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७।७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६।७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५।७६ मा २५।५ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३।७४ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२।७३ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७१।७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७०।७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९।७० मा १५ प्रतिशत र आर्थिक वर्ष २०६८।६९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *