मन्जुश्री फाइनान्स १९औं वर्षमा प्रवेश

काठमाण्डौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। संस्थाले यो अवसरमा देश–विदेशमा रहेका आफ्ना ग्राहक, शुभेच्छुक, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। संस्थाका अनुसार, ग्राहकहरूको निरन्तर साथ, माया र विश्वासकै कारण फाइनान्सले अठार वर्षको यात्रा सफलतापूर्वक पार गरेको हो। मन्जुश्री फाइनान्सका प्रतिनिधिहरूले ग्राहकहरूसँगको सहयात्रा नै संस्थाको सबैभन्दा ठूलो पुँजी भएको उल्लेख गरेका छन्। हाल मन्जुश्री फाइनान्सले करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १९।२ अर्ब रुपैयाँ कर्जा परिचालन गरिरहेको छ। कम्पनीले निक्षेपमा आकर्षक ब्याजदर र कर्जामा सुलभ दर कायम गर्दै ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको छ। देशभर २७ वटा शाखा र एक विस्तारित काउन्टर मार्फत सेवा दिइरहेको यस संस्थाले हालसम्म १ लाख ५५ हजारभन्दा बढी सन्तुष्ट ग्राहक सेवाग्राही बनाइसकेको छ। यसले फाइनान्स क्षेत्रको अग्रणी संस्थाको रूपमा आफ्नो स्थान मजबुत बनाएको छ। संस्थाले आफ्नो आगामी यात्रामा पनि यही विश्वास र पारदर्शितालाई निरन्तरता दिँदै नयाँ प्रविधि र सेवा नवप्रवर्तनमार्फत ग्राहकको वित्तीय आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता जनाएको छ। मन्जुश्री फाइनान्सले आगामी वर्षहरूमा डिजिटल बैंकिङ, ग्रामीण वित्तीय पहुँच विस्तार र लगानीकर्ताको हित अभिवृद्धिमा विशेष ध्यान दिने योजना पनि अघि सारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *