जनसचेतन साकोसको ३२औं साधारण सभा सम्पन्न

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड तथा निर्देशनको परिपालना गर्दै विभिन्न सेवाकेन्द्रमा सम्पन्न इकाइगत साधारण सभाबाट छानिएर गएका प्रतिनिधि, बैतेश्वर गाउँपालिकाका विभिन्न जनप्रतिनिधि, सरोकारलावाहरू, लगायतको सहभागिता प्रतिनिधिमूलक प्रमाणिकरण सभा संस्थाले सम्पन्न गरेको हो । सभाको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले उद्घाटन गरेका थिए । सभाले संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायत विभिन्न प्रतिवेदनहरू उपस्थित प्रतिनिधिहरूको हस्ताक्षरबाट पारित गरेको थियो । सभामा सञ्चालक समितिको तर्फबाट संस्थाको प्रगति प्रकाश पार्दै अध्यक्ष गोपालध्वज श्रेष्ठले स्थापनाकालदेखि नै विविध चुनौती पार गर्दै “प्रविधियुक्त, प्रतिस्पर्धी र सुरक्षित वित्तीय सहकारी संस्था”को लक्ष्यमा अघि बढिरहेको बताए।

२०५० साल असोज २२ गते मा ३४ जना संस्थापक सदस्य—२६ जना शिक्षक, २ जना कर्मचारी, २ जना व्यापारी, १ जना सामाजिक अभियान्ता र ३ जना किसानद्वारा स्थापित भएको हो । छैटौं र सातौं रणनीतिक व्यवसायिक योजनाबाट सहकारीलाई प्रविधि–मैत्री बनाउन निरन्तर प्रयास भइरहेको बताउँदै संस्थामा सुशासन र पारदर्शिता कायम राख्न १० नीति र २२ कार्यविधि कार्यान्वयनमा रहेको जानकारी उनले दिए। सहकारीले सदस्य हितका विभिन्न सामाजिक र आर्थिक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष श्रेष्ठले जनाए । ‘गर्भदेखि स्वर्गसम्म’ अवधारणा अन्तर्गत गर्भवती र सुत्केरी भेटघाट, जेहेन्दार विद्यार्थी छात्रवृत्ति, शिक्षा तथा तालिम, स्वास्थ्य सहायता, प्राकृतिक विपत् सहयोग, लघुवित्त कार्यक्रम, ज्येष्ठ सदस्य सम्मान, सामाजिक संस्कार खर्च सहयोगजस्ता कार्यक्रम संस्थाले गर्दै आइरहेको छ । गत आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्ममा संस्थाको कुल शेयर पूँजी १५ करोड, ६२ लाख ४३ हजार, कुल १ अर्ब ८० करोड ८ लाख ९६ हजार बचत सङ्कलन तथा १ अर्ब ६३ करोड ६८ लाख लगानीमा रहेको प्रतिवेदनमा उल्लेख छ । लेखा सुपरीवेक्षण समितिको संयोजक प्रशान्त चौलागाईंले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सुझाव दिएका थिए । उनले ऋण असुलि न्यायाधिकरण नाफा गर्न नसक्ने सेवा केन्द्र बन्द गर्न, ऋण असलि न्यायाधिकरण तथा कर्जा सूचना केन्द्रसँग सम्बन्धित कार्यविधि निर्माण गर्न सुझाएका थिए । संस्था हाल मुख्य कार्यालयसहित १७ वटा सेवा केन्द्रहरूबाट सदस्य सेवा प्रदान गर्दै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *