जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज कात्तिक १७ पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार (कात्तिक १६)देखि बैठक जारी छ । दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यले बैठकको एजेन्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, संगठनात्मक कार्ययोजनालगायत एजेन्डा रहेको बस्नेतले बताए । यही कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्यांक्वेटमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने उनले जानकारी दिए ।
















