पश्चिमी वायुको प्रभाव आजबाट सुरु

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव गण्डकीबाट पूर्व भने खासै धेरै नपर्ने विभागले बताएको छ । यसको प्रभाव काठमाडौंमा पनि खासै धेरै पर्ने छैन । काठमाडौंमा फाट्टफुट्ट वर्षा हुनसक्ने तर यसको सम्भावना पनि न्यून रहेको मौसमविद् गोविन्द झा बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *