यस्तो छ गगन थापाले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार थापाले महाधिवेशन कार्यतालिकासहितको प्रस्ताव गरेका हुन् । त्यसअघि मंसिर २७ गते वडा अधिवेशन र पुस ५–६ क्षेत्रीय प्रतिनिधि चयन गर्नेगरी अघि बढेर पुस १६ गतेदेखि नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
थापाले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका

– मंसिर १० गतेसम्म : क्रियाशील नवीकरण र नयाँ वितरण
– मंसिर १०–२० गतेसम्म : क्रियाशील छानबिन गर्ने
– मंसिर २४ गते : निर्वाचन समितिलाई हस्तान्तरण
– मंसिर २७ गते : वडा अधिवेशन
– पुस ५ गते : क्षेत्रीय अधिवेशन
– पुस १६–१९ गते : १५औँ केन्द्रीय महाधिवेशन

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *