जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधबार) बिहान ११ बजेदेखि बैठक सुरु हुने उक्त पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको संगठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत विषयमा बैठक केन्द्रित हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *