जनताले प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीमा जानुपर्छ: विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अहिले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक नभएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताको सत्ता नआएसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचन हुन नसक्ने बताएका हुन् । ‘जनताले प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीमा जानुपर्छ । तर राज्यसत्ता जनताले बनाएपछि मात्र जानुपर्छ ।

आजको दिनमा सम्भव छैन’, उनले भने– ‘आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि पैसाको बलमा एनजिओ डाँकाहरू विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाउनुपर्नेछ । लखेट्नुपर्नेछ । यी सबै भएपछि मात्र बल्ल निष्पक्ष चुनाव हुन्छ ।’ विप्लवले विदेशीको दाना खानेले निष्पक्ष शासन र नेपाललाई स्वाधीन बनाउन नसक्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *