आम निर्वाचन र नेपाली कांग्रेसको अवस्था

फागुन २१ गतेका लागि घोषित निर्वाचनको अन्योल कायमै रहे पनि केही नयाँ पुराना दल चुनावको तयारीमा जुटेका छन् । सर्वोच्च अदालतमा बिचाराधीन संसद पुनस्र्थापनाको मुदा किनारा नलागी चुनावको चित्र क्लियर नहुने निश्चित छ । सर्वोच्चले चुनावकै पक्षमा फैसला ग¥यो भने पनि यो बुख्याँचा सरकारले चुनाव गराउने कुरामा विश्वस्त हुने आधार देखिंदैन । संसद विघटनको वैधानिकता र वर्तमान सरकारको मान्यता सम्वन्धी उठेको प्रश्नले उत्तर नपाएपछि राजनीतिक अन्योलको तुवाँलो हट्ने सम्भावना रहदैन । यस्तो परिस्थितिमा चुनावी तयारी बेकार हुने ठानेर ठुला राजनितिक दलहरुले आजको मितीसम्म त्यस सम्वन्धमा कुनै कदम उठाएका छैनन् । र,पनि कथित जेन्जी विद्रोहको धमिलो पानीमा माछा मार्ने कोशिसमा रहेको तत्वले नयाँ दल खाल्ने , चुनावको तयारी गर्ने र नयाँ सरकार बनाउने सपना देख्न थालेको छ । आजको मितिसम्म बामपन्थि र गैरबामपन्थिको रुपमा विभाजित नेपाली राजनीतिले छुटै विकल्प भेटाउन सकेको छैन । कथित जेन्जी विद्रोहले कांग्रेस,एमाले र माओवादीको विकल्प खोज्ने डंका पिटेपनि सैद्धातिक रुपमा कांग्रेस कम्युनिष्टको बिकल्प खोज्ने साहस गर्न सकेको छैन । नेपाली कांग्रेसले आजसम्म देशको राजनीतिको प्रजातन्त्रवादी धारको प्रतिनिधित्व गर्दै आएको छ । त्यसैगरी प्रगतिशील भनिने शक्तिको प्रतिनिधित्व गर्ने विभिन्न समूहमा विभाजित बामपन्थि दलहरुको पनि विकल्प दिन सक्ने सम्भावना छैन । नेपाली राजनीतिमा प्रभुत्व कायम राख्दै आएका यी दुई शक्तिको बिकल्प खोज्ने प्रयास यसअघि पनि कैयौंै पटक गरिएको हो ,तर कुनै दीर्घकालिन र भरपर्दो वैकल्पिक बाटो अझसम्म फेला परेको छैन । कथित जेन्जी विद्रोहको नाममा केही बामपन्थि भनिने दल, आफुलाई नयाँ भन्ने दल र राजतन्त्र पुनस्र्थापना गर्ने पक्षमा रहेको शक्तिले गरेको बिध्वंस पश्चात बिकल्प खोज्ने शक्ति निकै हौसिएको प्रतित हुन्छ । निर्वाचनको अनिश्चितता र अन्योललाई दुर गर्न दल दर्ता गर्ने, नयाँ राजनीतिक दल खोल्ने र ध्रुविकरणको अभियानले बिस्तारै गति लिंदै गएको छ । अहिल नेपाली कांग्रेस आपसी विवादमा अल्झिएको छ । अर्लि महाधिवेशन, विशेष महाधिवेशन, नेतृत्वको पुर्नगठन र पुस्तान्तरणको चक्करमा नेपाली कांग्रेस नराम्ररी फसेको छ ।
त्यसले गर्दा सो दलले चुनावी तयारीको श्रीगणेशसम्म गरेको छैन । ध्वस्त भएको पार्टी संगठनलाई पुर्नगठन गरी निर्वाचनका लागी तयार पार्ने छ । निर्वाचन प्रयोजनकै लागी माओवादीले अन्य साना समूह र ब्यक्तिलाई समेटन थालेको छ भने नेकपा एमालेको सक्रियता घनिभुत रुपमा देखिएको छ । नेपाली कांग्रेस र वामपन्थिहरुलाई धुलोमा मिलाएर राज गर्न अघि सरेका लोकप्रियतावादीहरु चुनावको लागी पार्टी खोल्ने र चुनावमा भाग लिने दिशामा अग्रसर देखिएका छन । त्यसमा श्रमवादी समूहको रुपमा हर्कराज राई (हर्क साम्पाङ) अघि देखिएका छन् । असन्तुलित मनस्थितिको ब्यक्ति भनेर प्रचार पाएका काठमाण्डौका नगरप्रमुख,रवि लामिछाने समेतका नेपालको राजनीतिलाई कब्जा गर्न चाहनेहरु पनि विस्तारै सल्वलाउँदै छन् । जेन्जीको नाममा भएको बिध्वंस र बिनाशको जिम्मेवारी चाहिँ नलिने तर त्यसलाई क्रान्ति परिवर्तन आदि भनेर त्यसको नाममा लाभ उठाउन चाहने तत्वको भविष्य के हुन्छ भन्ने अझै एकिन भएको छैन । तर देशलाई वर्वाद गराउन चाहने तत्वले आजसम्म नकाव लगाएर गरेको काम विस्तारै उदांग भने हुदैछ । अमेरिकी शक्तिको आड भरोसामा उत्पात मच्चाउने तत्वले विनाशको नैतिक जिम्मेवारी लिने साहस नगरेसम्म उसलाई जनताले बिश्वास गरिहाल्ने सम्भावना छैन । तर एमाले जस्तो घोषित रुपमा संसद पुनःस्थापनाको पक्षमा पनि खुल्न नचाहने र चुनावको तयारीमा पनि नलाग्ने कांग्रेसको अवस्था भने दिनदिनै कमजोर पर्दै जादै छ । नेपाली प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको नेपाली कांग्रेसको यस्तो दयनिय अवस्थाले गर्दा नै संविधान समाप्त पार्ने,लोकतन्त्र मास्ने र विदेशीको इसारामा मुलुकको सावभौम सत्ता समाप्त पार्न चाहनेहरुको मनोवल बढ्दै गएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *