“मेरो खुकुरी” अभियानसँगै खुकुरी रमको नयाँ अध्यायको सुरुवात
काठमाण्डौं । नेपाल डिस्टिलरीज प्रा. लि.को प्रस्तुति, नेपालको प्रसिद्ध ब्रान्ड खुकुरी रम ले नोभेम्बर ५, २०२५ मा एक्स ओ क्लबमा आयोजित विशेष समारोहका बीच आफ्नो नयाँ अभियान “मेरो खुकुरी” सार्वजनिक गर्दै ब्रान्ड यात्राको नयाँ अध्याय सुरु गरेको छ। कार्यक्रममा कलाकार, क्रियेटर र युवा परिवर्तनकर्ताहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो। उनीहरूले नेपाली गर्व, एकता र आत्म–अभिव्यक्तिको उत्सव मनाउँदै “मेरो खुकुरी” अभियानको भावना — आफ्नोपन र देशप्रतिको मायालाई साझा गरेका थिए।
साँझको मुख्य आकर्षण रह्यो ओ.एम.जी. स्पार्कद्वारा प्रस्तुत “मेरो खुकुरी” संगीत भिडियोको पहिलो प्रदर्शन, जसले आजका युवाहरूको जोश, ऊर्जा र नेपाली संस्कृतिप्रतिको गर्वलाई एकै तालमा बाँधेको छ। कार्यक्रममा आकर्षक दृश्य प्रस्तुति, सांगीतिक माहोल र संवादात्मक अनुभवहरूले उपस्थितहरूलाई मन्त्रमुग्ध पारेका थिए। सञ्चालन रोनीश्मा श्रेष्ठले गरेकी थिइन् भने ओ.एम.जी. स्पार्कको लाइभ प्रस्तुति र “वान स्पिरिट. वान नेपाल.” भन्ने सन्देशले सम्पूर्ण माहोललाई एकता र गौरवको रंगमा रंगाएको थियो।















