टीओबी समूहमाथि थाल्यो प्रहरीले अनुसन्धान

काठमाडौं । प्रहरीले ‘जेनजी प्रदर्शनमा ‘टीओबी लेखिएको टिसर्ट लगाएर बुलेट मोटरसाइकल चलाउने समूहमाथि नै अनुसन्धान थालेको छ । भदौ २३ गते जेनजी प्रदर्शनमा ‘टीओबीको टिसर्ट लगाएर एक समूहले आतंक मच्चाएका थिए । उनीहरूको समूहमाथि नै प्रहरीले सोधपुछ गरेको छ । प्रहरीले यसअघि नै टीओबीकै टिसर्ट लगाएर कम्बरमा पेस्तोल राखिएको भिडियोका आधारमा तेन्जिङ दावा लामालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । असोज २६ मा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनको नागरितासमेत किर्ते गरेर लिएको खुलाएको छ ।

उनले काठमाडौं महानगरपालिका–६ बाट नागरिकताको सिफारिस लिएको तर, किर्ते गरेर दिएको खुलेको हो । दावा टीओबी समूहको कमाण्डरसमेत भएको प्रहरीको दाबी छ । दावाको नागरिकता नै किर्ते गरेर लिएको खुलेपछि प्रहरीले प्रदर्शनमा उनीसँगै मोटरसाइकल चलाउने थप १७ जनाको पहिचान गरेर सोधपुछ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले टीओबी लेखिएको टिसर्ट लगाएर मोटरसाइकल चलाउने १७ जनामाथि सोधपुछ भएको जानकारी दिए । दावामाथि प्रहरीले लागुऔषध कसुर र किर्तेमा थप अनुसन्धान जारी राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *