देशभरबाट २० प्रतिशत जनमत नल्याए सरकारमा जाँदैनौं : वीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् । सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका हुन् । बुद्ध एयरका मालिकसमेत रहेका उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए ।

‘अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ । यो हाम्रो लागि मात्र होइन हाम्रा सन्तति र त्यस पछिका सन्ततिहरुका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरुको सृजनशिलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजाछौं र हामी दृघकालिन हिसाबले आउदैछौ किनभने हामीहरुको घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जाँदैनौ । राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्र्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ । उहाँले आफूहरु दीर्घकालीन हिसावले राजनीतिमा प्रवेश गरेको बताए । ‘हामीले चाहीँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहीँ साकार कसरी गर्नसक्छौ भन्ने हिसावले अगाडि बढ्न पर्‍यो । त्यसकारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछौं, यस्तो खालको कालमा प्रवेश गर्दैछौं, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछांै सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइममा चाहीँ हामी प्रवेश गर्दैछौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *