आईएमई लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । आईएमई लिमिटेडले २५ औं वार्षिक साधारण सभा कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको छ । सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित भएको छ । सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा परिचित बनाउन प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष ढकालले २५ औँ वर्षमा व्यावसायिक हिस्सा विस्तार गर्दै नयाँ प्रविधि एवम् रणनीतिका साथ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
आईएमईलाई ‘कम्पिलिट फाइनान्सियल सोलुसन्स’को रूपमा विकास गर्ने नीति लिइने अध्यक्ष ढकालले बताए । सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याई लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताए । प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै लैजाने बताए।
















