मुख्यमन्त्री उपस्थित भएको भन्दै सात दलले सर्वदलीय बैठक बहिष्कार
काठमाडौं । मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् । प्रदेश प्रमुख लाभले आह्वान गरेको सर्वदलीय बैठकमा सात दलका नेता–कार्यकर्ता सहभागी नभएका हुन् । सर्वदलीय बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भए ।
त्योसँगै अरू राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सातदलीय गठबन्धनले बहिष्कार गरेको बताए । प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गरेका थिए ।
















