सन नेपाल लाइफको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक, मुनाफा ४४ प्रतिशतले बढ्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । १ अर्ब ८ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कमपनीले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने यस अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। पहिलो त्रैमासमा कम्पनीको मुनाफा ४४ प्रतिशतले बढेर २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १८.९५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१.८९ रुपैयाँ रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *