ओलीले बनाइदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रूपमा प्रस्तुत गर्ने कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको उनको टिप्पणी छ। बस्नेतले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्लेख गरे ।

क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनको भनाइ छ । सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ स्तरोन्नति गरिएको त्रिवि मैदानको उद्घाटनसँगै नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेका थिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासम्मले नैतिक हिसाबले कुलमानको उद्घाटनलाई व्यङ्ग्य हुनेगरी वक्तव्य दिएको बस्नेतको दाबी छ । उनले रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको दावीसमेत गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *