महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका र क्याफियोफिलिया कफीमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अब अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट प्राप्त गर्ने भएका छन् । बैंकले कफी पारखीहरूलाई लक्षित गरेर छुट सुविधा उपलब्ध गराउने उद्देश्यले भैंसेपाटीस्थित अरेबिका कफी र क्याफियोफिलिया कफीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधेराधे भक्तपुर, यूएन पार्क ललितपुर, मीनभवन, कालीमाटी, बुढानिलकण्ठ तथा भैंसेपाटी शाखाबाट कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत छुट पाउनेछन् ।

यस्तै, क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरीबाहेकका सेवामा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस सहकार्यबाट डिजिटल कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखेको छ ।बैंकले हालै मात्र आफ्ना क्रेडिट कार्डवाहकका लागि आकर्षक सुविधा थप गर्दै विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने व्यवस्था सुरु गरेको थियो । यस योजनामा ग्राहकले खरिद गरेको टुर प्याकेजको लागत अनुसार ६ देखि १२ महिनासम्म मासिक किस्तामा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ । बैंकले आगामी दिनमा पनि यस्ता सहकार्य तथा सुविधामार्फत ग्राहक अनुभवलाई अझ सहज र लाभदायक बनाउँदै लैजाने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *