दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । प्रसाईँले आज आन्दोलन गर्ने बताएका थिए । तर सरकार र प्रसाईँपक्षबिच शनिबार आन्दोलन फिर्ताको सहमति भएको थियो ।
















