सप्तकोशी सिमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ (एकसय) दरले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले हस्ताक्षर गरे । सप्तकोशी सिमेन्टको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ ।

कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी तथा ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एचआर गोयल समूहद्वारा प्रवर्धित यस कम्पनीले सन् २०१९ मा व्यवसायिक उत्पादन सुरु गरेदेखि हालसम्म निरन्तर सञ्चालन नाफा कायम राख्न सफल रहेको छ। पूर्वी नेपालमा यस कम्पनीले करिब २० प्रतिशत बजार हिस्सा ओगटेको छ । आईपीओबाट उठ्ने पुँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना गर्न तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिने जनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *