जनताको मन जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले यो मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको राष्ट्रिय अनुष्ठानमा सहभागी हुन आग्रह गरेकी हुन् ।

अहिलेको सरकारसँग धेरै पक्षका धेरै अपेक्षा भए पनि आफूहरू जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको कार्कीले बताएका उनको सचिवालयले जानकारी दिएको छ । सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढंगले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेका थिए । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *