माछापुच्छ्रे एसआइपी योजनामा लगानी गर्ने आज अन्तिम दिन
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआइपी योजनामा आवेदन दिने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ । मंसिर १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको माछापुच्छ्रे एसआइपी योजनामा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा २० करोड रुपैयाँको २ करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीका अनुसार यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ । जसमध्ये १४ प्रतिशत अर्थात् ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
कम्पनीको म्युचुअल फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त म्युचुअल फण्ड बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कोष प्रवर्द्धकलाई केयर एनपी ट्रिपल बी प्लस र योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ ।
















