भबिष्य साकोसको १६ ओैं स्थापना दिवसको कार्यक्रम सम्पन्न,जेष्ठ सदस्य,सदस्यका सन्ततिहरु सम्मानित
भक्तपुर । सुर्यबिनायक नगरपालिका ३ बालकोटमा रहेको भबिष्य बचत तथा ऋण सहकारी संस्थाको १६ ओैं स्थापना दिवस संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा संस्थापकअध्यक्ष यस कार्यक्रमको प्रमुख अतिथि ज्ञानकृष्ण श्रेष्ठबाट सम्पन्न भएको थियो । कार्यक्रममा सञ्चालक समिति लेखा समिति, अन्य उपसमिति तथा शेयर सदस्यहरुको उपस्थित रहेको थियो। कार्यक्रम राष्टिय गानबाट सुरु गरीएको थियो भने उपाध्यक्ष सरश्वति घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि ज्ञानकृष्ण श्रेष्ठबाट पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरीएको थियो ।

उक्त कार्यक्रममा जेष्ठ शेयर सदस्य महिलातर्फ भक्ति मल्ल ठकुरी र जेष्ठ शेयर सदस्य पुरुषतर्फ ज्ञानप्रसाद चौलागाईलाई दोसल्ला ओढाई सम्मान सहित प्रमाणपत्र बितरण गरीएको थियो । त्यसैगरी असल ऋणि तर्फ ईश्वरी थापा र असल बचतकर्तातर्फ धिरज लम्साललाई सम्मान गरीएको थियो । त्यसैगरि यस संस्थाका शेयर सदस्यहरुका सन्ततिहरुलाई २०८१ सालमा एसइइ उत्तीर्ण छात्रा छात्रहरुलाई २०८२ सम्मान गरीएको थियो । एसइइ उत्तीर्ण १६ जना बिधार्थिहरु मध्ये छात्रा तर्फ महिष्मा श्रेष्ठले ३.८७ र छात्रतर्फ सुमेघ भट्टराईले ३.९६ अङ्क ल्याइ प्रथम पुरस्कार प्राप्त गरेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले यस भविष्य बचत तथा ऋण सहकारी संस्था सहि रुपले अगाडि बढिरहेकोमा खुसि ब्यक्त गर्नुभयो । त्यसैगरि सहकारी संस्था नियम सङ्गत किसिमले सहि बाटोमा लागि रहेको व्यहोरा सल्लाहकार राजकुमार कार्किले बताउनु भयो । त्यसेगरि सम्मानित हुने जेष्ठ शेयर सदस्य भक्ति मल्ल ठकुरीले हर्षोल्लासका साथ आशिर्वाद प्रदान गर्नु भयो । कार्यक्रमलाई व्यवस्थापक लक्ष्मीपुष्पा भट्टराईले सहजिकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव बिश्र्वनाथ ढुङ्गेल(नून बाजे)ले गर्नु भएको थियो भने कार्यक्रममा कोषाध्यक्ष गंगाराम च्वामु श्रेष्ठ, शिक्षा समितीका गणेशप्रसाद गौत्तम, संस्थाका बिभिन्न समितीमा रहेका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । अन्त्यमा सबै शेयर सदस्यहरुलाई सहकारीको नियमानुसार समयमा बचत गर्ने शेयर सदस्यहरुले समय समयमा कार्यालयमा आई भेट गरेर जिज्ञाशा मेटाउन सकिनुको साथै असलि ऋणितर्फ जस्ता बिषयहरुमा व्याख्या गरेर कार्यक्रम समापन भएको थियो ।
















