ओली कुटीको ‘नक्सालाई लिएर शिक्षामन्त्री महाविर पुनको कटाक्ष
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्। मन्त्री पुनले कुटी को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही को माग गर्दै ‘घोर बेइजती, र ‘मानहानीको मुद्दा लगाउनुपर्ने धारणा राखेका छन्। उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु भन्दा इन्जिनियरले ‘यत्रो ठूलो दरबारको नक्सा बनाइदिएको भन्दै कटाक्ष गरेका छन्। उनले यसलाई ‘कहाँसम्मको लापरवाही भन्दै प्रश्न गरेका छन्।
















