जेन्जी युवा मनिल तामाङको अभिनय रहेको “मेरो घरको मुन्तिर” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ । मोडल तथा जेन्जी युवा मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको म्युजिक भिडियो “मेरो घरको मुन्तिर” सार्वजनिक गरिएको छ । अर्नभ फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा नायक तथा मोडल मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको भिडियोलाई निर्देशन राजेन्द्र बस्नेतले गरेका छन् । भिडियोको छायाँकन डम्बर राईको कोरियोगार्फी सुरेश पाण्डेको मेकअप प्रीया नगरकोटिको र सम्पादन टेकेन्द्र शाहको रहेको छ । सार्वजनिक गरिएको म्युजिक भिडियोको गायक आनन्द कार्की रहेका छन भने गितको संगीत तथा एरेन्ज कमल अधिकारीको रहेको छ भने मेरो घरको मुन्तिर बोलको गितको शब्द दिपक सापकोटाको रहेको छ ।
आज सार्वजनिक भएको मेरो घरको मुन्तिर बोलको म्युजिक भिडियो संगीतकार कमल अधिकारीको आफनै अफिसियल च्यानल कमल अधिकारी युटुव च्यानलमा सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको “मेरो घरको मुन्तिर” बोलको म्युजिक भिडियोका नायक तथा मोडल तामाङले चलचित्र “डिरिम गल” “चुरिफुरी” “गोर्खा वारियर” “डारक एन्ड लाईट” र चलचित्र “गोजि रित्तै”मा अभिनय गरि सकेका तामाङले दुई दर्जन भन्दा माथी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।
















