प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम कांग्रेसले हटाउने
काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभामा रहेका १९ जनाको नाम हटाउने प्रस्ताव पास गरेको हो । ‘प्रदेशसभामा बन्दसूचीमा रहेका साथीहरू बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको सूची त्यहाँ पढियो र त्यसलाई पास गरियो,’ प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘निर्वाचन आयोगलाई त्यो बारेमा जानकारी गराउने भन्ने भएको छ ।’















