कांग्रेसको विशेष महाधिवेशनको उपसमिति र संयोजक गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेका छन् । विशेष महाधिवेशनका लागि हालसम्म १८ उपसमिति गठन गरिएकोमा त्यसको संयोजक पनि तोकिएको छ । पूर्वजिल्ला सभापति, पूर्व के स समन्वय उपसमितिको संयोजक मधु आचार्यलाई तोकिँदा जनपरिचालन जुलुस व्यवस्थापनको जिम्मेवारी जगदीश नरसिंह केसीले पाएका छन् । त्यस्तै व्यवस्थाप समितिको संयोजक मनोजमणि आचार्य, प्रदेश सांसद समन्वयको श्रीराम लामिछाने, पूर्वसांसद समन्वय कुशुम थापामगर र मञ्च व्यवस्थापनको जिम्मेवारी गोविन्द पुडासैनीले पाएका छन् ।
हेर्नुस् कुन उपसमितिको संयोजक को तोकिए

















