देउवा पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा जुट्दै
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति सदस्यहरु सानेपा स्थित पार्टी कार्यालयमा जुट्न थालेका छन् । कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहान ८ बजेका लागि बैठक बोलाइए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।
















