भबिष्य साकोसको बिस्तारीत मञ्च २०८२ कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा अवस्थित भबिष्य बचत तथा ऋण सहकारी संस्था लिको कार्य योजना अनुसार सदस्यता बिस्तारित मञ्च कार्यक्रम तेजबहादुर च्वामु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा १०१ जना शेयर सदस्यहरुको उपस्थित रहेको थियो । सहकारी संस्थाको उपाध्यक्ष सरश्वती घिमिरेले स्वागत मन्तब्य गर्नु भएको थियो । कार्यक्रम जीवन बिज्ञान हलमा भएकोले यो एउटा पबित्र संस्था भएको हुदां जिवन बिज्ञान संरक्षक समितिका अध्यक्ष बलराम खडकाले शङ्ख ध्वनि कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका अवसरमा संस्थाको बिषयमा सचिव बिश्वनाथ ढुङ्गेलले स्थापना भएको २०६६ साल मङ्सिर २४ देखि २०८२ साल पोैषसम्मको संस्थाले गरेका कार्यहरु र अब बांकि २०८२ साल माघदेखि आषाढसम्ममा गरीने कार्हरुको बिस्तारित मञ्च कार्यक्रममा उपस्थित शेयर सदस्यहरुलाई जानकारी दिनु भएको थियो ।

त्यसैगरी ब्यवस्थापक लक्ष्मीपुष्पा भट्टराईले सहकारीका सात सिद्धान्तहरुका बिषयमा व्याख्या गर्नु भएको थियो । साथै लेखा सम्वन्धि बिभिन्न किसिमले बजेटका बिषयहरुमा शीर्षक सहित बुँदाहरु,सहकारीको सम्पतिका बारेमा, ऋण लगानि बिषयमा,जगेडा कोष तथा अन्य लेखा सम्बन्धिपूर्ण रुपले विधि ब्याख्या सहित उपस्थित शेयर सदस्यहरुलाई कोषाध्यक्ष गङ्गाराम श्रेष्ठले बताउनु भयो । त्यसैगरि ऋण उप समितिका संयोजक बलराम खडकाले ऋण प्रवाहका बिषयमा शेयर सदस्यहरुलाई आवश्यक जानकारी दिनुभयो ।

यस संस्थाका संस्थापक तथा बरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठले सहकारीको भवन बनाउनु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा प्रबिधितर्फ अगाडि बढ्नु पर्ने सल्लाह शेयर सदस्य अर्जुन श्रेष्ठले दिनुभएको थियो भने गणेशप्रसाद गौतमले संस्था सहि बाटोमा गएको सकारात्मक सोचबाट अझ अघि बढ्दै जावस् भन्ने धारणा व्यक्त गर्नु भएको थियो । त्यसैगरि महिला शेयर सदस्य संगिता पराजुलिले बचत तथा ऋण बिषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव बिश्र्वनाथ ढुङ्गेलले गर्नु भएको थियो । कार्यक्रममा अन्त्यमा अध्यक्ष श्रेष्ठले सहकारीलाई यसरी धैर्यताका साथ कार्यक्रम समयसम्म बसेर कार्यक्रम सम्पन्न भएकोमा खुसि ब्यक्त गर्दै सञ्चालक समिति , शेयर सदस्यहरु लगायत जीवन बिज्ञान हल उपलब्ध गराउने संरक्षक समितिका साथिहरु सवैलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *