अखिल नेपाल फुटबल संघ निलम्बनमा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाको लागि निलम्बन गरेको छ । राखेपको स्वीकृति नलिई निर्वाचन नगर्न पटक,पटकको निर्देशन पालना नगरेकोले किन कारबाही नगर्ने भनी एन्फालाई हिजो मंगलबार पठाएको २४ घण्टे स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै राखेपले कारबाही गरेको जनाएको छ । परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, एन्फाले आफूलाई स्वायत्त संस्थाको रूपमा परिभाषित गरी परिषद्बाट माग गरिएबमोजिम चित्तबुझ्दो जवाफ प्राप्त भएको अवस्था विद्यमान नरहेको देखिन्छ । राखेपको कार्यकारी समितिको बुधबार बसेको वैठकले सो निर्णय गरेको राखेपले जनाएको छ ।
















