अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कानुनी लडाई लड्ने जनाएको छ । एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकाले कानुनी लडाई लड्ने बताएका हुन् । ‘कुनै कानुनी आधार छैन । प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाई लड्छौ’, सचिव बस्नेतले भने, ‘पार्टीमा थप छलफल पनि गर्छौ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार प्रहरीले भक्तपुरको गुण्डुबाट पक्राउ गरेको हो ।

यसैबिच शनिबार बिहान पक्राउ पुर्जी लिएर प्रहरी ओली निवास पुगेपछि ओलीले वरिष्ठ कानुनविदहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको परामर्शमा ओलीले आफूलाई कानुनी आधारविना नै पक्राउ गर्न लागिएको बताएका थिए । ओलीसँग संवाद गरेका कानुनविद् भट्टराईले ओलीको भनाई उद्धृत गर्दै भने, ‘यो राजनीतिक प्रतिशोधपूर्ण घटना हो । यसको म कानुनी लडाइँ लड्छु तपाईँहरू तयारी गर्नुहोस् । वरिष्ठ अधिवक्ता भट्टराईले आइतबार नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *