२७ दिनपछि इनिशाको शव बुझ्दै परिवार

सुर्खेत । बलात्कारपछि मृत्यु भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले आज शव बुझ्ने भएका छन् । पारिवारिक स्रोतका अनुसार, इनिशाको शव आजै भेरी नदीमा दाहसंस्कार गरिने भएको छ । इनिशाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । मंगलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो ।

गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । उनी वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *