आइसीएफसी फाइनान्सको ‘८ प्रतिशत डिबेञ्चर २०८९’ नेप्सेमा सूचीकृत

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको ८ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भई नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रूपमा इजाजत प्राप्त आइसीएफसी फाइनान्सले जारी गरेको ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको डिबेञ्चर सूचीकरण सम्बन्धी सम्झौता सोमबार नेप्सेमा सम्पन्न भएको हो । प्रति इकाई एक हजार रुपैयाँ अंकित मूल्य रहेको उक्त डिबेञ्चरको कुल ५ लाख कित्ता सूचीकरण गरिएको छ ।

सूचीकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं तथा आइसीएफसी फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् । नेप्सेमा सूचीकृत उक्त डिबेञ्चर मंगलबारदेखि दोस्रो बजारमा नियमित कारोबारमा आउनेछ । साथै, डिबेञ्चरधनीहरूको अभिलेख राख्ने, नामसारी तथा शेयर रजिष्ट्रेशन सम्बन्धी सेवा प्रदान गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *