संविधानमाथि छेडखानी भए प्रतिवाद हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी भए प्रतिवाद हुने चेतावनी दिएका छन् । सरकारले संविधान संशोधनका लागि पहल अघि बढाइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,संवैधानिक आधारमै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । सरकारलाई हाम्रो रचनात्मक सहयोग हुन्छ । संविधान संशोधनका कुरा पनि चलेका छन्।

संविधान संशोधनका हामी विरोधी त छैनौँ, संविधानमाथि छेडखानी भयो र राष्ट्रिय हितमाथि आँच आउन थाल्यो भने सडक र सदन दुवैतर्फ प्रतिवाद हुन्छ । उनले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकार सजग हुनुपर्ने बताए । नागरिकका संवैधानिक र राजनीतिक अधिकार सरकारले कटौती गर्न नमिल्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *