कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख २ गते बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ । कार्यवाहक मुख्यसचिव दुलालले पार्टीको समसामयिक विषयमा छलफल हुने बताए । पार्टीकै नेता–कार्यकर्ताले कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि दलकै नेता छान्न नसक्नु विडम्बना भएको बताउँदै आएका छन् । यस्तै, क्रियाशील सदस्यता खारेज गरेको भन्दै पार्टीभित्र नेतृत्वको चौतर्फी आलोचनासमेत हुन थालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *