इरानको घोषणापछि विश्वबजारमा तेल मूल्य घट्यो

इरानले स्ट्रेट अफ होर्मुज युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि पूर्ण रूपमा खुला रहने घोषणा गरेपछि विश्वबजारमा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८ डलरबाट झरेर करिब ८८ डलरमा पुगेको छ । इरानका विदेशमन्त्री अब्बाज अराघ्चीले सबै व्यावसायिक जहाजलाई मार्ग खुला गरिएको बताएका छन् । यस कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । स्ट्रेट अफ होर्मुज विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने मुख्य मार्ग हो । अमेरिका–इजरायलको आक्रमणपछि इरानले यो मार्ग बन्दजस्तै बनाएको थियो, जसका कारण जहाज आवागमन घट्दै तेल तथा ग्यास आपूर्ति प्रभावित भएको थियो ।

घोषणापछि विश्व शेयरबजारमा सुधार देखिएको छ । एस एन्ड एपी ५०० १.२ प्रतिशतले बढ्दा युरोपका प्रमुख सूचकहरू पनि करिब २ प्रतिशतले उकालो लागेका छन् । यद्यपि, अन्तर्राष्ट्रिय ढुवानी संगठनहरूले अझै जोखिम कायम रहेको चेतावनी दिएका छन् । बिम्कोले समुद्री क्षेत्रमा बारुदी सुरुङको खतरा स्पष्ट नभएकाले जहाजलाई सावधानी अपनाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुद्री संगठनका प्रमुख आर्सेनियो डोमिन्गुएजले मार्ग सुरक्षित र अन्तर्राष्ट्रिय नियमअनुसार खुला भएको सुनिश्चित गर्न थप जानकारी आवश्यक रहेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *