नेकपाले टुंग्यायो प्रदेश इन्चार्ज र संयोजकका नाम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाएको छ । आउँदो मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरी प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाइएको नेकपाले जनाएको छ । पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकबाट कोसी प्रदेश इन्चार्जको जिम्मेवारी राजेन्द्र राईलाई दिइएको छ । मधेसमा महिन्द्र राय यादव, वाग्मतीमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा श्रीनाथ बराललाई इन्चार्ज तोकिएको छ । यस्तै, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा. भीम रावलले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

उपत्यका विशेष प्रदेश इन्चार्ज हितमान शाक्यलाई तोकिएको छ । सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मा यशोदा सुवेदीलाई दिइएको छ । कोसी प्रदेश संयोजकको जिम्मेवारी हर्क नेम्वाङले पाएका छन् । मधेसमा राजु खड्का, वाग्मती प्रदेशमा सरल सहयात्रीलाई संयोजक तोकिएको छ । गण्डकीमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दुल हुसेन खान, कर्णालीमा विमला केसी र सुदूरपश्चिम प्रदेश संयोजक हरिराम चौधरीलाई तोकिएको छ । उपत्यका विशेष प्रदेश संयोजकको जिम्मेवारी विष्णु लामिछानेलाई दिइएको छ । सम्पर्क समन्वय प्रदेश संयोजक तारानाथ दाहाल तोकिएको नेकपाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *