मुख्यमन्त्री बानियाँमाथिको असंबैधानिक प्रकृयामा काँग्रेस बागमती प्रदेश संसदीय दलको आपत्ति
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि भइरहेको अनुसन्धान प्रक्रियाप्रति आपत्ति जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौँमा बसेको संसदीय दलको बैठकले निम्नानुसारका निर्णय गरेको छ ।
निर्णय (१)
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँप्रति सम्पति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा उहाँ आवद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दलका नेतामाथि लगाईएको आरोपको संवैधानिक र कानूनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानविन गर्न आग्रह गर्ने ।
निर्णय (२)
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३।०८४ को लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरुको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गरिने ।
















