कांग्रेसले जेठ १५ सम्म प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने भएको छ । कांग्रेसले वैशाख २६ गते सुदूरपश्चिमबाट सुरू गर्दै जेठ १५ मा लुम्बिनीबाट उक्त भेलाको समापन गर्नेछ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबारको पहिलो बैठकमा उपसभापति विश्वप्रकाश शर्माले भेलाबारे जानकारी गराएका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ पनि गराएका छन् । प्रतिष्ठानका प्रमुख शर्माले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए । यस्तै, प्रतिष्ठानका प्रमुख शर्माको प्रस्तावमा बैठकले उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ ।
















