विराजको ‘१२ गाउँ– २’ को छायाङ्कन सुरु

काठमाडौँ । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ–२’ को छायाङ्कन सुरु भएको छ । बुधबारदेखि काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु भएको अभिनेता विराज भट्टले बताए । काठमाडौँपछि फिल्म सिन्धुपाल्चोक र चितवनमा छायाङ्कन हुनेछ । फिल्ममा विराज भट्टसँगै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुसी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहितसिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायतको अभिनय रहनेछ ।

सन्तोष सरकारको पटकथा संवाद रहेको फिल्ममा ईस्टनर सिल्वा र शङ्कर महर्जनले एक्सन रहनेछ । खयुग भुसाल, देवेन्द्र बराल र डीपी खनालको संगीत रहने फिल्ममा नृत्य सियोन श्रेष्ठको रहनेछ । उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले वितरण गर्ने फिल्म एक्सन र मनोरञ्जनको भरपूर मिश्रण हुने बताइन्छ । उक्त फिल्म ‘१२ गाउँ ’को सिक्वेलको रुपमा बन्न लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *