विद्युतीय हाजिरीका लागि सांसदहरूको बायोमेट्रिक लिइँदै

काठमाडौं । संसद् सचिवालयले विद्युतीय हाजिरीका लागि तयारी गरेको छ । सचिवालयले सूचना जारी गरी संसदीय समितिगत रूपमा सांसदहरूलाई छुट्टाछुट्टै उपस्थिति हुन भनेको हो । वैशाख २४ गते बायोमेट्रिक लिन लागिएको सूचनामा उल्लेख छ । सांसदहरूलाई औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ । सांसदहरूको ई–हाजिरीका लागि बायोमेट्रिक लिन लागिएको हो । पुराना सांसदहरूको पनि कतिपय जलिसकेको अवस्था छ । नयाँ सेटअप गर्न लागिएको हो,संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने । सांसदहरूको हाजिरी बैठक सुरु भएको ३० मिनेटपछि सार्वजनिक गरिने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *