कामना सेवा बैंकद्धारा बाल शिक्षा निकेतन विद्यालयलाई स्टेशनरी सामाग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले वालिङमा रहेको बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय वालिङ मार्फत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । बैंकको पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम तथा विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरेका थिए ।

विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्टेशनरी सामाग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । यस्तो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *