क्यानको वार्षिक साधारणसभा विराटनगरमा सुरु

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि मोरङको विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सभाको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । मुख्यमन्त्री कार्कीले नेपाली क्रिकेटले पछिल्लो समय तीव्र विकास गरेको उल्लेख गर्दै अझै धेरै सम्भावना रहेको बताए । उनले क्रिकेटमार्फत नेपालले अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउन सफल भएको धारणा राखे । कोसी प्रदेश सरकारले सीमित साधनस्रोतका बीच पनि खेलकुद क्षेत्रको विकासका निम्ति निरन्तर काम गरिरहेको उनले बताए । उनले खेलकुद पूर्वाधार र खेलाडी विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । साधारणसभामा क्यानका सांगठनिक गतिविधि तथा क्रिकेटसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल गरिने जनाइएको छ । विशेष गरी पछिल्लो १० महिनादेखि नवीकरण नभएको अवस्थामै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइएको विषय यसपटकको मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ । क्यानले पछिल्लोपटक ०८१ असोजमा साधारणसभा सम्पन्न गरेको थियो । त्यति बेला गरिएको नवीकरण ०८१ पुस ९ गतेसम्म मात्र मान्य रहेको उल्लेख थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *