बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने
काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् । उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिए । सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरैजसो सम्बन्धित रहेको उनले बताए । उनले अर्थ मन्त्रालयमा बजेट माग्न सांसदहरू आउने क्रम भने जारी रहेको उल्लेख गरे। नयाँ सरकार बन्नु भन्दा अगाडि नै सिलिङ पठाइसकेका कारण अहिले ‘स्पेस’ कम रहेको उनले बताए । ऐन अनुसार बजेट सार्वजनिक हुनु भन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
















