मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ रिन्यु’ सुविधा सुरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायत सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको छ । अब ग्राहकले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी एक्स्पायरी पपअप देखिएपछि ‘रिन्यु नाओ’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापनपछि ‘कन्टिन्यु’ थिचेर आफ्नो ‘ट्रान्ज्याक्सन पिन’ प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था छ । बैंक नगई फाइदा एपबाट ग्राहकले आफ्नो राष्ट्रिय परिचयपत्र तथा पान विवरण अपडेट गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ । मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *