जेनजी आन्दोनलमा नेपाली सेनाको कमजोरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ । जेनजी आन्दोलनमा भएको मावन अधिकारको हननका सम्बन्धमा अनुसन्धान गरी आयोगले बुधबार कार्यान्वयनका लागि सिफारिस गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । “अनुसन्धानका क्रममा संकलित मिसिल संलग्न सबुत प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा माथि उल्लेखित २३ र २४ गतेको प्रदर्शनमा सिंहदरबार सर्वोच्च अदालत, राष्ट्रपति भवन समेतमा लोडसेड तथा आगजनी गरी देशैभरि जुन प्रकारको मानवीय भौतिक तथा आर्थिक क्षति भएको छ सो हुनुमा नेपाली सेनाको पनि कमजोरीहरू देखिएको,” आयोगको प्रतिवेदनमा भनिएको छ । नेपाली सेनाले जनअपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

भविष्यमा यस्ता विषयमा गम्भीर भइ राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानव अधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधानसेनापतिलाई निर्देशन दिने सिफारिस प्रतिवेदनमा आयोगले गरेको छ । “सिंहदरबारको सुरक्षाको लागि सिंहदरबारभित्र रहेको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाको तत्कालीन कमान्डरलाई सचेत गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ दफा ५ अनुसार नेपाल सरकारको ध्यानाकर्षण गराउने,” प्रतिवेदनमा राष्ट्रिय मानवअधिकार आयोगले भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *