एकैदिन २० हजारले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार भारी बढेको हो । भन्सार दर १० प्रतिशतले बढेपछि सुनको मूल्य ह्वात्तै बढेको हो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको थियो ।
















