बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार्‍योः रविभक्त श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले आर्थिक वर्ष २०८३।८४ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गरेको बताएका छन्। उनका अनुसार कर प्रणालीमा केही सुधार, उद्योग तथा उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता तथा सूचना प्रविधि र स्टार्टअप क्षेत्रलाई प्राथमिकता दिनु बजेटका सकारात्मक पक्ष हुन्। तर, व्यवसायी समुदायका लागि नीतिगत स्थिरता, सरल प्रशासनिक प्रक्रिया, सहज वित्तीय पहुँच तथा बजेटको प्रभावकारी कार्यान्वयन अझ महत्वपूर्ण विषय रहेको उनको भनाइ छ। बजेटमा घोषणा गरिएका कार्यक्रम व्यवहारमा सफलतापूर्वक कार्यान्वयन भएमा मात्र निजी क्षेत्रको विश्वास बढ्ने, लगानी विस्तार हुने र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उनले बताए। श्रेष्ठले सरकारलाई निजी क्षेत्रसँग निरन्तर संवाद कायम राख्दै उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धि केन्द्रित नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। समग्रमा बजेटले सकारात्मक संकेत दिए पनि यसको वास्तविक सफलता कार्यान्वयनको परिणामबाट प्रमाणित हुने उनको धारणा छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *